२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

कृष्णनगर नगरपालिकाको नगरसभा सम्पन्न

draupadi film
शहबाज खान
२०८१ पुष २८ गते २१:४१
कृष्णनगर नगरपालिकाको नगरसभा सम्पन्न

कपिलवस्तु : कृष्णनगर नगरपालिकाको १३औं नगरसभा हिउँदे अधिवेशन ‘सुशासन, स्वस्थ, समृद्ध, र खुशी जनताको’ नारासहित सम्पन्न भएको छ ।

अधिवेशनमा नगरपालिकाका विभिन्न नियमावली संशोधनका प्रस्तावहरू प्रस्तुत गरिनुका साथै सर्वसम्मतिबाट आर्थिक आम्दानी वृद्धि गर्ने र हालसम्म बाँकी रहेका सबै भुक्तानी गर्नेसम्बन्धी प्रस्तावहरू पास गरिएको प्रवक्ता हरिपाल चतुर्वेदीले जानकारी दिए ।

सभामा न्यायिक समिति थप व्यवस्थित गर्दै इजलास बनाउने, निजी विद्यालयहरूको अनुगमन गरी थप कक्षाको व्यवस्था गर्ने, न्यायिक मुद्दा मामिलाको भुक्तानी छिटो गर्ने, वडाहरूमा सफाइकर्मी भर्ना गर्ने, घोरही खोलामा पुल बनाउन डीपीआर तयार गर्ने र पानी ट्यांकी सञ्चालनका लागि डिपबोरिङ जडान गर्ने लगायतका प्रस्तावहरू पेश गरिएका थिए ।

नगर प्रमुख रजत प्रताप शाहले यी सबै प्रस्तावहरूमाथि छिट्टै निर्णय गरिने प्रतिबद्धता जनाउँदै नगरपालिकालाई व्यवस्थित र नमुना बनाउनेतर्फ सबैले योगदान दिनुपर्ने बताए । उनले नगरपालिकाको शिक्षा, स्वास्थ्य, र कृषि क्षेत्रमा उल्लेखनीय प्रगति भएको र आगामी दिनमा थप सुधारका कार्यक्रम ल्याइने बताए ।

नगरप्रमुख शाहले चिसो मौसमपछि सबै शिक्षकलाई अनिवार्य शिक्षक पोशाकमा विद्यालय आउने व्यवस्थाको सुरुवात गरिने बताए । उनले नगरपालिका विकासका लागि जनताले दिएको विश्वास र सहयोगलाई कुशलतापूर्वक उपयोग गर्ने प्रतिज्ञा गरे ।

सभामा नगर प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, नगर उपप्रमुख आरती देवी चौधरी, सल्लाहकार भरत किशोर चौधरी, १२ वटै वडाका जनप्रतिनिधि, शाखा प्रमुखहरू, र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । 

ADV

सम्बन्धित खबर

Advertise