२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

त्रियुगा नगरपालिकाले ल्यायो २ अर्ब १५ करोडको बजेट

ADV
बिन्द्र राई
२०८१ असार ११ गते १४:३९
त्रियुगा नगरपालिकाले ल्यायो २ अर्ब १५ करोडको बजेट

उदयपुर : त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १३औं नगर सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब १५ करोड ७१ लाख ५७ हजार रुपैयाँ बराबरको अनुमानित बजेट पेस गरिएको छ ।

नगर सभामा नगरपालिकाका प्रमुख वसन्त कुमार बस्नेतले आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान, उत्पादन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग, नवप्रवर्द्धनकारी योजना, मानव अधिकार संरक्षण र शान्ति सुरक्षाका विषयलाई नीति तथा कार्यक्रममा समेटिएको जानकारी दिए ।

नीति तथा कार्यक्रममा “त्रियुगा नगरपालिकाको इच्छा, सबैलाई गुणस्तरीय शिक्षा” भन्ने अभियानलाई अगाडि बढाइ विपन्न, जेहेन्दार, गरिब, दलित तथा लोपोन्मुख जातिको शिक्षामा पहुँच विकास गर्नका लागि छात्रवृत्तिको दायरा थप गर्दै जाने उल्लेख गरिएको छ ।

यस्तै कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउन विभिन्न सहकारी खेती, करार खेती, सामुदायिक खेती र चक्लाबन्दी खेती कार्यक्रम सञ्चालन गर्ने र वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक कृषि पेशा गर्न चाहनेलाई बिना धितो २ लाख रुपैयाँसम्म सहुलियतपूर्ण  कृषि ऋण उपलब्ध गराउने नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै कृषि अध्ययन गर्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति कोषको स्थापना गरी सञ्चालान गरिने उनले बताए ।

नीति तथा कार्यक्रममा नगरका सबै वडाहरुमा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रहरुलाई सुविधा सम्पन्न बनाइ बर्थिङ सेन्टर निर्माण गरी सबै स्वास्थ्य संस्थाहरुमा एम्बुलेन्स सेवाहरु विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

शिक्षक दरबन्दी मिलान र विद्यालय घटुवाका विषयमा असहमति हुँदा नगर सभा ढिला गरी शुरु भएको थियो । वडाध्यक्ष तथा कार्ययपालिका सदस्यहरुले शिक्षक दरबन्दी मिलान तथा विद्यालय घटुवाका विषयमा असहमति जनाएपछि सभा अवरुद्ध बनेको थियो । सो विषयमा लिखितरुपमा उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले निर्णय गरेर मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई पत्र बुझाएपछि सभा अगाडि बढेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise