२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सघाउने

Nada
२०८१ माघ १ गते १२:२०
Shares
चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सघाउने

कैलालीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माघेसङ्क्रान्तिलगायत चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने बताएका छन् ।

ncell

मुख्यमन्त्री शाहले आज शुभकामना सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने बताए । 

उनले विभिन्न समुदायहरुद्वारा मनाइने माघेसङ्क्रान्ति, मकरसङ्क्रान्ति, माघी चाडको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर