काठमाडौं : बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालीन नेपालको शान्ति प्रक्रियामा निकै महत्त्वपूर्ण भमिका खेलेको अनमिनका नेपाल प्रमुख इयान मार्टिनसँग लण्डनमा भेटघाट गरेका छन् ।
भेटघाटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुंगिएकाले जतिसक्दो छिटो यसलाई टुंग्याउन सुझाव दिए ।
कोइरालासँगको भेटमा उनले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने बताए । तत्कालीन समयमा बिद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुंग्याउनुपर्ने उनको जोड थियो ।
यसअघि नेता डा. कोइरालाले बेलायतको संसद् भवन (वेस्ट मिन्स्टर) मा सोमबार राति आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।