२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश 

hardik ivf
मध्यान्ह
२०८१ माघ २ गते १७:११
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश 

काठमाडौँ  : रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा थुनछेक बहसपछि उनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । 

लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएकाे हो ।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि लामिछाने गत आइतबार अदालतमा उपस्थित भएसँगै बयान र थुनछेक बहस सुरु भएको थियो । 

 

ADVADV

सम्बन्धित खबर

Advertise