२०८१ माघ ४ गते शुक्रवार / Jan 17 , 2025 , Friday
२०८१ माघ ४ गते शुक्रवार
Ads

सुर्नयामा ११ वर्षपछि ‘मोटरेबल’ पुल

hardik ivf
ललित बोहरा
२०८१ माघ ३ गते २१:१७
सुर्नयामा ११ वर्षपछि ‘मोटरेबल’ पुल

बैतडी : बैतडी पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्डको सुर्नया गाडमा निर्माणाधिन ‘मोटरेबल’ पुल अन्तिम चरणमा पुगेको छ । पाटन नगरपालिका–६ मा पर्ने लोर्खा–सकार–कैलपाल सडकमा निमार्ण सुरु भएको करिब ११ वर्षपछि पुलको दुवैतर्फ ढलान सम्पन्न भएको हो । स्टमेट अनुसार पुलको दुवैतर्फ ग्याविन वाल लगाउने काम बाँकी छ । 

आर्थिक वर्ष २०७१ भदौ १५ बाट निर्माण कार्य सुरु गरेर तीन वर्षभित्र निर्माण सम्पन्नको लक्ष्य राखिएको सो पुलको निर्माण कार्यले अहिले पूर्णता पाउन लागेको हो । २०७१ भदौ १५ गते पुल निर्माणका लागि सम्झौता भएपनि ३२ महिना मोटरेबल पुल बन्ने ठाउँमा जाने बाटोको विवाद, एक वर्ष संघ र प्रदेशमध्ये कसले हेर्ने भन्ने अन्योलता लगायतका मुआम्बजा विवादहरुले पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीको दाबी छ । 

अहिले पुलको दुवैतर्फ ढलान कार्य सम्पन्न गरेको छ भने पुल पूर्णरुपमा सुचारु गर्न केही समय लाग्ने सडक डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीले बताए । उनले भने, ‘आवश्यक पर्ने बजेट जहाँबाट पनि व्यवस्था गरेर यो पुल सञ्चालन जसरी भएपनि गर्छौं ।’

‘पुलमा पुग्ने सडक र नदी नियन्त्रणको मात्र काम बाँकी छ’ सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी एवं इन्जिनियर लिलाधर भट्टले भने, ‘निर्माण   व्यवसायीले छिटो काम गरिदिए एक महिना पनि लाग्दैन । त्यसपछि सञ्चालनका लागि ढिला हुन्न पहल गरिरहेकै छौं । केही रकम भुक्तानी गरेपनि काम सकिन्छ ।’

अब निर्माणको १० प्रतिशत मात्र काम बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि मदन बिष्टले बताए । उनले भने, ‘एक ग्याविन वाल लगाउन मात्र हो, बाँकी अरु स्टमेटमा छैन् । थप काम गर्नुपर्ने हो, तर पत्र आएको छैन पत्र आएपछि सबै कामसँगै सकिन्छ ।’ 

उनले अन्य ठेक्काहरुमा पैसा नभएर देशव्यापी आन्दोलनमा रहेको बताए । पुल नहुँदा वर्षातको मौसममा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवाज जावत गर्न र खाद्यन्नका सामान ढुवानीका लागि घन्टौं पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । सडक सञ्जाल विस्तार भएपनि पुल नभएकै कारण वर्षातको समयमा गाडी चढ्न स्थानीयले पाएका थिएनन् । 

पाटनको सदरमुकाम मैतडबजारदेखि वडा नम्बरको सकार र वडा नम्बर ७ कैलपालसम्म सडक सञ्जाल विस्तार भएको छ । २ करोड ९३ लाख ६७ हजार ८ सय ५५ रुपैयाँको लागतमा निमार्ण सम्पन्न भइरहेको हो । सुर्नया नदीमा मोटेरेबल पुल समयमा निर्माण नहुँदा नदीमा अस्थायी बाटो बनाउन वर्षेनी लाखौं रकम खर्च भइरहेको भएको थियो । चालु आर्थिक वर्षमा पनि नदीमाथि अस्थायी बाटो निमार्ण गरेर गाडी सञ्चालनमा छन्, तर वर्षातको मौसमा त्यो बाटो नदीले बगाउने गरेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise