२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

मुआब्जा नै नदिइ रेल विभागले टेन्डर गरेपछि स्थानीयको विरोध, काम नै बन्द

Nada
२०८१ माघ ४ गते १६:५५
Shares
मुआब्जा नै नदिइ रेल विभागले टेन्डर गरेपछि स्थानीयको विरोध, काम नै बन्द

महोत्तरी : अधिग्रहण गरी लिनुपर्ने जग्गाको सीमांकन नै नगरी रेल्वे विभागले टेन्डर प्रक्रिया थालेका कारण महोत्तरीको बर्दिवासका जग्गाधनीले विरोध जनाउँदै रेल्वेको काम बन्द गराएका छन् । 

ncell

जनकपुर बर्दिबास रेल परियोजना अन्तर्गत बर्दिबास नगरपालिकामा रहने स्टेसन क्षेत्र नजिकको जग्गामा वर्षौँदेखि बसोबास गरिरहेका १४ घरपरिवारहरूले सीमाङ्कन गरी  विवाद समाधान गरी मुआब्जा वितरण गर्न रेल विभागसँग माग गरेका थिए । 

तर रेल्वे विभागले लामो समयदेखि ती स्थानमा ऐलानी  जग्गाको मुआब्जा  नसुल्झाई हतारमा टेन्डर प्रक्रिया थालेका कारण  काम अघि बढ्न नसकेको हो । स्टेसन छेउको ऐलानी जग्गाका स्थानीयले मुआब्जा मागेका छन् । ऐलानी जग्गामा बस्नेहरूको कागजपत्र हुँदैन । बिना लालपुर्जा उनीहरूलाई मुआब्जा दिने नियम नभएको रेल्वे विभागले जनाएको छ ।

तर उनीहरूले मुआब्जा मागेर काममा अवरोध गरेका छन् । सो क्षेत्रका स्थानीयले पनि चलन चल्तीभन्दा कम मुआब्जा दिने निर्णय भएको भन्दै लिन अस्वीकार गरेका छन् । जसका कारण सो क्षेत्रमा  काम अघि बढ्न नसकेको विभागले जनाएको छ ।

स्टेसन छेउमा रहेको उक्त जग्गा २०२२ सालमा नापीले जापजाँच गरेको थियो । तर, त्यतिबेला लालपुर्जा भने लिन छुटेको थियो । लालपुर्जा लिएको जग्गा २०७८ सालमै प्रतिकठ्ठा ६१ लाख रुपैयाँमा मुआब्जा वितरण भइसकेको छ । तर लालपुर्जा लिन छोडेका १४ परिवारको मुआब्जा प्राविधिक कारणले रोकिएको छ । 

लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको मुआब्जा पाउनुपर्ने उनीहरुको माग छ  । विभाग र ठेकेदारले स्थानीयसँग पटक–पटक वार्ता गरेका थिए । तर स्थानीयले सीमांकन गरी मुआब्जा नदिएसम्म काम गर्न नदिने अडान राखेपछि ठेकेदार कम्पनीले पनि सो क्षेत्रमा काम अघि बढाएको छैन । 

रेल विभागले सीमांकन बिनै टेन्डर गरिदिँदा स्थानीयवासीको जग्गाहरू जथाभावी अधिग्रहण गरिएको छ । एउटै मापदण्डमा परेका जग्गाहरूको मुआब्जा आफूखुसी फरक–फरक दरमा दिइएको छ । कतिलाई समयमै मुआब्जा दिइएको छ भने कतिलाई वर्षौ धाउँदा समेत मुआब्जा उपलब्ध नगराउँदा उनीहरु आन्दोलित नै भएका छन् । स्थानीय जनताले  अन्यायमा परेको भन्दै पटक–पटक आन्दोलन गरिरहेका छन् ।

अधिग्रहण गरेको जग्ग्गा कति हो भन्ने यकिन र सीमांकन नगरी हतार–हतारमा टेन्डर प्रक्रिया थाल्नुले विभागको नियतमा शंका उत्पन्न भइरहेको बर्दिबासका स्थानीय बताउँछन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडितहरुले आफ्नो समस्या पनि सुनाएका छन् । आफूहरुले अहिलेसम्म न्याय नपाएको र स्थानीय सरकारले समेत गुनासो नसुनेको पीडितहरुको दुखेसो छ ।

पीडित चुँडामणि दाहालले अहिलेसम्म आफूहरुको समस्यामा छलफल मात्रै हुने र निर्णय नहुने समस्या रहेको सुनाए । उनले आफ्नो २०२३ सालमा नापी भएको जग्गा पनि अहिले ऐलानी भनेर मुअब्जा दिन नमानेको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर