२०८२ भदौ ३ गते मङ्गलवार / Aug 19 , 2025 , Tuesday
२०८२ भदौ ३ गते मङ्गलवार
Ads

मुस्ताङमा एक महिलामा डेंगु सक्रमण

shivam cement
मध्यान्ह
२०८२ भदौ ३ गते १४:४८
मुस्ताङमा एक महिलामा डेंगु सक्रमण

मुस्ताङः हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेंगु सक्रमण देखिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेंगु सङ्क्रमण भएको हो । 

डेंगु सङ्क्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिइन् । सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेंगु रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. समिक्षा कँडेलले जानकारी दिइन् । उनका अनुसार बिरामी महिला उपचारपछि घर फर्किएकी छन् ।

साउनमा यहाँ डेंगु रोग सङ्क्रमण देखिएको यो पहिलो घटना भएको डा. कँडेलले जानकारी दिइन् । यहाँ आउने पर्यटकका माध्यमबाट यहाँ डेंगु सङ्क्रमण देखिएको उनको भनाइ छ । यसअघि मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा आव २०८०/८१ मा चार जना तथा आव २०८१/८२ मा १७ जनामा डेंगु सङ्क्रमण देखिएको मुस्ताङ अस्पतालको तथ्याङ्कमा उल्लेख छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise