काठमाडौं : नेपाल बैंक लिमिटेड र मकवानपुरको थाहा नगरपालिका–१३ बज्रबाराहीस्थित रिसोर्ट ओम अध्याय रिट्रिट प्रालिबीच सम्झौता भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकलाई रिसोर्ट ओम अध्याय रिट्रिटले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
नेपाल बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकलाई ओम अध्याय रिट्रिटले प्रदान गर्ने रिसोर्टका विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट हुने सम्झौतापत्रमा उल्लेख छ । बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र ओम अध्याय रिट्रिट प्रालिको तर्फबाट सुजन अधिकारीले हस्ताक्षर गरेका छन् ।