२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कुटनीतिक पहलमार्फत विपिन जोशीको उद्धार गर्न एमाले सांसद भट्टको माग

Nada
२०८२ भदौ ३ गते १४:३९
Shares
कुटनीतिक पहलमार्फत विपिन जोशीको उद्धार गर्न एमाले सांसद भट्टको माग

काठमाडौंः नेकपा (एमाले)की सांसद शारदादेवी भट्टले हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको कुटनीतिक पहलको माध्यमबाट उद्धार गर्न सरकारसँग माग गरेकी छन्।

ncell

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भट्टले यस्तो माग गरेकी हुन् । उनले नेपाली विद्यार्थी वन्धक बनेको दुई वर्ष बितिसक्दा पनि उनको अवस्थाबारे जानकारी नहुनु दुःखद रहेको बताइन् । भट्टले सरकारले विपिन जोशीको उद्धारलाई बेवास्ता गरेको आरोप पनि लगाइन् । उनले जोशीको परिवाले भोगिरहेको पीडा राज्यको लापरवाहीको परिणाम भएको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘कञ्चनपुरका विपिन जोशीको हमासले बन्धक बनाएको दुई वर्ष बितिसक्दा पनि उद्धार नहुनु दुःखको कुरा हो । उनको हालको अवस्थाबारे पनि थाहा छैन । अहिले उनीकी आमा र बहिनि विदेशी भूमिमा गएर सबैका खुट्टा समाउँदै रुँदै हिँडिरहेका छन् । देख्ने बेला मन रुन्छ । म सरकारसँग भन्न चाहान्छु । राज्य जनताको अभिभावक हो ? यदि हो भने जोशीको रिहाईको लागि कुटनैतिक तरिकताले पहल गर्न सरकारसँग जोडदारसँग माग गर्दछु ।’

विपिन जोशी इजरायल–हमास युद्धका क्रममा २०८० असोजमा अपहरणमा परेका थिए । उनको अवस्था अझै अज्ञात छ ।  

सम्बन्धित खबर