काठमाडौं : यामाहा नेपालले नाडा अटो सो २०२५ मा आफ्नो प्रमुख मोटरसाइकल मोडल एमटी–१५ भी २ र एफजेड–एस भी ३ डीएलएक्सका नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । एमटी–१५ भी अब आईसीई स्ट्रोम र विविध भायोलेट मेटालिक भेरियन्टमा उपलब्ध छ भने एफजेड–एस भी ३ डीएलएक्स आईसीई फुलुओ बर्रमिलियन भेरियन्टमा हेर्न सकिने कम्पनीले जनाएको हो ।
भृकुटीमण्डप प्रदर्शनी हलको अटो सोमा यामाहा ब्लु च्याम्बरका आगन्तुकहरूले यी नयाँ मोडेलहरू प्रत्यक्ष हेर्न पाउने मात्र नभई यामाहा मोटरसाइकल र स्कुटर सिरिजको अनुभव पनि लिन सक्ने कम्पनीको भनाइ छ । यस अवसरमा छानिएका मोडेलमा छुट, मोटोजीपी रेस प्रत्यक्ष अनुभव गर्ने मौका र एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाउने विशेष अफर पनि रहेको कम्पनीले जनाएको छ ।