काठमाडौं : प्रोटोन मलेसिया र जगदम्बा मोटर्सले नेपालको विद्युतीय सवारीसाधन भविष्यलाई लक्षित गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाएका छन् । मलेसियामा विकास गरिएको पहिलो इलेक्ट्रिक गाडी प्रोटोन इमास ७ को नेपालमा शुभारम्भ गर्दै दुवै कम्पनीले दीर्घकालीन साझेदारीका लागि प्रतिबद्धता स्पष्ट पारेका हुन् ।
जगदम्बा मोटर्स नेपालका लागि प्रोटोनको आधिकारिक वितरक हो । मलेसियाली बजारमा प्रोटोन इमास ७ ले पहिले नै उल्लेखनीय सफलता पाइसकेको छ । जुलाई २०२५ सम्म यो मलेसियामा नम्बर १ इभी मोडेल बनेको छ ।
सन् २०२५ को अन्त्यसम्म १२ सोरुम र सर्भिस सेन्टर सञ्चालनमा ल्याइनेछ (जसमध्ये ३ हाल सञ्चालनमा छन् । नेपालमा यो मोडेलको आगमनसँगै प्रोटोन र जगदम्बा मोटर्सले ग्रिन मोबिलिटी अभियानलाई तीव्रता दिने र इलेक्ट्रिक सवारी प्रणालीलाई मुख्यधारमा ल्याउने लक्ष्य राखेका छन् ।