२०८२ भदौ ३ गते मङ्गलवार / Aug 19 , 2025 , Tuesday
२०८२ भदौ ३ गते मङ्गलवार
Ads

युवाहरु तयार भए पद छोड्छु : प्रधानमन्त्री ओली

shivam cement
मध्यान्ह
२०८२ भदौ ३ गते १७:४५
युवाहरु तयार भए पद छोड्छु : प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले युवाहरुको समय रहेको उल्लेख गर्दै युवाहरु अघि बढेर देश विकासमा लाग्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँनयाँ विकास, आविष्कार र प्रगति भएको बताए ।

उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने आश्वासन दिए । उनले भने, ‘यो युवाहरुको समय हो । युवाहरु अगाडि बढ्नुपर्छ । युवाहरुले गर्नसक्नुपर्छ । यो कुरा थाहा पाएपछि भन्छन्, तपाईंले किन पद नछोडेको ? म त छोड्न तयार नै छु नि । युवाहरु तयार हुनुपर्‍यो नि त । म इन्करेज गर्न चाहन्छु युथहरुलाई ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise