२०८१ माघ ५ गते शनिवार / Jan 18 , 2025 , Saturday
२०८१ माघ ५ गते शनिवार
Ads

नगरप्रमुख यादवले आर्थिक अनियमितता गरेको अभियोग

hardik ivf
कृष्ण तिवारी
२०८१ माघ ४ गते २२:१३
नगरप्रमुख यादवले आर्थिक अनियमितता गरेको अभियोग

रौतहट : आम जनता पार्टीका महासचिव त्रिभुवन साहले रौतहट बौद्धिमाइ नगरपालिकाका नगरप्रमुख प्रदीप यादव  भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । नगरप्रमुख यादवले विकासको नाममा नगरपालिकामा व्यापक आर्थिक अनियमितता गरेको अभियोग लगाउँदै उनले घमण्डको दम्भमा लोकतान्त्रिक प्रक्रिया र विधि मिचेर एकलौटी रुपमा अगाडि बढेको बताए ।

आम जनता पार्टी बौद्धिमाइ नगर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नगरप्रमुख यादव  नगर विकास विरोधी रहेको आरोप लगाए । नगरप्रमुखमा निर्वाचित भएदेखि नगरपालिकाले देखिने एउटा पनि काम गर्न नसकेको उनको दावी छ ।  

विगतका दिनदेखि सडक चौडाइ तथा सफाइको नाममा नगरभित्रका आम जनमानसमा त्रास फैलाउने कार्य गरिरहेको आरोप उनको आरोप छ । 

निर्वाचित भए पश्चात् जनतालाई कुनै अवस्था नगरी आफ्नो मनपरी ढंगले नगरपालिका संचालन गर्दै आइरहेको उनले आरोप लगाए । 

पत्रकार स्मेलनमा आफ्नो कुरा राख्दै अजपाको नेता एवम्  पूर्व वडाध्यक्ष श्रीभगवान पटेलले मेयर यादव भ्रष्टाचार, अत्याचार, दुश्कर्म र प्रतिशोधको भावनाले बदला साध्ने गरेको बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise