२०८१ माघ ५ गते शनिवार / Jan 18 , 2025 , Saturday
२०८१ माघ ५ गते शनिवार
Ads

एसईईका नाममा शुल्क असुल्दै सामुदायिक विद्यालय

hardik ivf
दिलमाया शाही
२०८१ माघ ४ गते २२:१६
एसईईका नाममा शुल्क असुल्दै सामुदायिक विद्यालय

जुम्ला : सरकारले सबैका लागि निःशुल्क शिक्षा भने पनि जुम्लाको एक सामुदायिक विद्यालयले विद्यार्थीबाट चर्को शुल्क लिने गरेका पाइएको छ । 

तातोपानी गाउँपालिका–४मा रहेको नेत्र ज्योति माध्याकि विद्यालय हाँकुले गुठीचौर–१ मा रहेको खड्ग देवी माध्यामिक विद्यालय मणिसाँघुका नियमित रूपमा कक्षा ९ मा अध्यायनरत्त १३ जना विद्यार्थीबाट एसईई परीक्षा फारम भरिदिने भन्दै शुल्क लिइरहेको छ । विद्यालयले प्रत्येक विद्यार्थीबाट ५ हजार रुपैयाँका दरले रकम उठाइरहेको छ । सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । तर विद्यालयले गैरकानुनी रूपमा गत्त वर्ष कक्षा ९मा अध्ययनरत्त विद्यार्थीहरूलाई एसईई परीक्षा दिन पाइन्छ भन्दै चर्को रकम असुलेको विद्यार्थीहरूले बताएका छन् ।

खड्ग देवी माध्यामिक विद्यालय मणिसाँघुका कक्षा ९ का विद्यार्थी जुनमाया रोकायाका अनुसार तातोपानी–६ वडामा रहेको कालिका आधारभूत विद्यालय हियाँखोलामा कार्यरत शिक्षक रमेश न्यौपानेले कक्षा ९ मा नियमित पढ्दै गरेका बिद्यार्थीलाई आगामी चैत्तमा हुने एसईई परीक्षा दिन पाउने भन्दै प्रत्येक विद्यार्थीबाट ५ हजारका दरले पैसा लिएको बताइन् । 

उनले भनिन् ,‘हामी १३ जना विद्यार्थीबाट ५ हजारका दरले ७ चैतबाट सुरु हुने एसईई परीक्षाको फारम भर्ने भन्दै अभिभावकबाट पैसा लिएका छन् ।’ तर विद्यालयले कक्षा ९ मा अध्ययनरत्त विद्यार्थीले एसईई दिन नपाउने भने पछि पैसा फिर्ता गर्न माग गरेका उनले बताइन् ।

एक वर्ष अगाडि नै एसईई पास गर्ने प्रलोभन देखाइ लिएको पैसा फिर्ता गरिदिन माग गर्दै शिक्षा विकास तथा समन्वय इकाइमा १३ जना विद्यार्थीहरू पुगेको रोकायाले बताइन्  । 

१३ जना विद्यार्थीहरूले रोकायालाई ५ हजारका दरले ६५ हजार रुपैयाँ बुझाएका थिए । खड्ग देवी विद्यालयका मणिसाँघुकाका प्रधानाध्यापक रामप्रसाद थकालीका अनुसार नियमित कक्षा ९ मा पढ्ने विद्यार्थीले एसईई दिने नमिल्ने बताए । 

यस पटक विद्यालयमा ४४ जना विद्यार्थी नियमित रूपमा कक्षा ९ मा अध्ययन गरिरहेका छनु् । तर रजिष्टे«शन फारम २५ विद्यार्थीले भरेका छन् । बाँकी विद्यार्थी कहाँ गए भनेर खोजी गर्दा नेत्र ज्योति विद्यालयबाट एसईई परीक्षा दिन मिल्छ भन्दै पैसा मागेर लगेको थाहा पाएको प्रधानाध्यापक थकालीले बताए । शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय प्रमुख रमेशबहादुर मल्लले कक्षा ९ पढ्दै गरेका विद्याथीले एसईई दिन मिल्ने स्पष्ट पारे । उनले कुनै पनि बाहनामा विद्याथीबाट लिएको पैसा फिर्ता हुने बताए । उनका अनुसार सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई यस्तो कार्य नगर्न र नगराउन भनि निर्देशन दिइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise