२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

सिरहाको नाकाबाट खुलेआम तस्करी

draupadi film
मनु यादव निरज
२०८१ माघ ४ गते २२:२१
सिरहाको नाकाबाट खुलेआम तस्करी

सिरहा : सिरहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी, तस्करी हुने गरेको आरोप लाग्ने गरेको छ । प्रहरी प्रशासनले देखावटी रुपमा केही मात्रामा चोरी पैठारी गरी ल्याइएको सामान पक्राउ गरेपनि कुसन्डी, झाझपट्टी, ठाडी नाकाबाट भने व्यापक तस्करी भइरहेको आरोप लागेको हो । तस्करहरूले सीमानाकामा बस्ने सुरक्षाकर्मीलाई मोटो रकम दिइ दिनभरी नाकाको वरिपरि भण्डारण गर्ने र रातभरि तस्करी गर्ने गरेको स्थानीयहरु बताउँछन् ।

सीमानाकामा बसेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र सादा पोशाकमा खटाइएका प्रहरीहरू दिनभर तस्करीको सामान नियन्त्रण गर्नुभन्दा पनि संरक्षण गरी तस्करको गोदामसम्म पुर्‍याउने गरेको आरोप छ ।

‘प्रहरी प्रशासन मिलेपछि यहाँ जे पनि सीमानाकाबाट वारपार गर्न सम्भव छ । प्रहरीको आँखा अगाडिबाटै सीमानाकाको विभिन्न बाटो प्रयोग गरी तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार हुने गरेको छ,’ स्थानीय कुलान्नद यादवले बताए ।

उनले थपे, ‘सिरहाको, कुसन्डी, झाझपट्टी, लौकहाठाडी नाकाबाट अहिले दिनदहाडै तस्करहर’ ले  यी नाकाहरुबाट चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल ) भित्र्याइन्छ र वारी (नेपाल)बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारी (भारतीय बजार) पुर्‍याइन्छ ।

यादवका अनुसार यस नाकाबाट रातभरी (भारतीय बजार)पारीबाट सामान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकलमार्फत सिरहाको ठूलो बजार लहान, गोलबजार, मिर्चैयालगायतका बजारसम्म ढुवानी हुन्छ ।

‘सुरक्षाकर्मीबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि सामान ढुवानी सुरु हुन्छ । सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि खटिएका हुन्छन्,’ सडक छेउमै घर भएका उनले भने, ‘तस्करीका सामान बोकेका गाडीको धुलोधुँवा र हर्नले राति र दिउँसो स्थानीयलाई सास्ती दिएको छ ।

तस्कर भइरहेको विषयमा जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालय सिरहाका  प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित भने, ‘तस्करी भइरहेको सामान हामी समात्दै  छौं र दुई दिन पहिला पनि तस्करीको सामान समातेका थियौं ।’ सशस्त्र प्रहरी र नेपाल प्रहरीको अहिले कोडिनेट गरी संयुक्त डियुटी गरिरहेको उनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise