२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अजिङ्गरे माविको ४२औं वार्षिकोत्सव मनाइँदै

Nada
२०८१ माघ ५ गते ०८:२०
Shares
अजिङ्गरे माविको ४२औं वार्षिकोत्सव मनाइँदै

बिदुर, नुवाकोट : नुवाकोटको बिदुर नगरपालिका–१३ स्थित श्री अजिङ्गरे माध्यमिक विद्यालयले आफ्नो ४२औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम विशेष उत्साहका साथ मनाउने तयारी गरेको छ।

ncell

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम माघ ६ गते, आइतबार बिहान १० बजे विद्यालयको प्राङ्गणमा आयोजना गरिने विद्यालयका प्रधानाध्यापक रामचन्द्र भण्डारीले जानकारी दिए ।

कार्यक्रमलाई भव्य बनाउन निमन्त्रित अतिथि, अभिभावक, समाजसेवी, राजनीतिकर्मी तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि पनि प्रअ भण्डारीले हार्दिक अनुरोध गरेका छन् । वार्षिकोत्सव कार्यक्रमका लागि सबै तयारी भइसकेको विद्यालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर