सुर्खेत : नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य माेतिराम रम्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
रम्तेललाई एमाले सुर्खेत जिल्ला कमिटीकाे कार्यालय वीरेन्द्रनगरमा नेकपा एमालेका स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गाेरख बाेगटीले आज स्वागत गरेका हुन् ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीमा वैकल्पिक प्रदेश सदस्य रहेका रम्तेल यसअघि अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय सचिव तथा कर्णाली प्रदेश कमिटीका अध्यक्ष समेत थिए ।
रम्तेलले माओवादीभित्र नातावाद, कृपावाद, अवसरवाद चुलिएकाे भन्दै इमान्दार कार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था आएकाे बताएका छन् । रम्तेल सुर्खेतकाे चिङ्गाड गाउँपालिका वडा नं ३ का स्थायी वासिन्दा हुन् ।