२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

जनप्रतिनिधि जनताका सेवक हुन् : मुख्यमन्त्री आचार्य

Nada
२०८१ माघ ६ गते २१:२२
Shares
जनप्रतिनिधि जनताका सेवक हुन् : मुख्यमन्त्री आचार्य

भालुवाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले गर्ने हरेक काम पारदर्शी उत्तरदायी हुनुपर्ने बताएका छन् । आचार्यले सरकारको नीति, कार्यक्रम र कार्ययोजनाका बारेमा जनताले जानकारी पाउनु आफ्नो नैसर्गिंक अधिकार भएकाले सोही अनुसार काम गर्न प्रदेश सरकारका कर्मचारीलाई निर्देशन दिए । 

ncell

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको मन्त्रालयका प्रवक्ता तथा सूचना अधिकारीहरूका लागि आयोजना गरिएको विशेष कार्यक्रमको उद्घाटन गर्दै उनले  जनताको सुसूचित हुने अधिकारलाई सम्मान गर्दै हरेक सरकारी कार्यालयले गर्ने गतिविधि  पत्रकारहरुमार्फत जनतासमक्ष  पुर्‍याउन निर्देशन दिए । 

उनले सरकारका हरेक कदम स्पष्ट,छिटो  छरितो र प्रभावकारी रूपमा जनतासमक्ष पुर्‍याउनुपर्ने बताउँदै हरेक काम चुस्तदुस्त बनाउन र पारदर्शिता जवाफदेही बन्न सूचना अधिकारीलाई आग्रह गरे । 

मुख्यमन्त्री आचार्यले सरकारका हरेक कामहरूमा पारदर्शिता आवश्यक भएको भन्दै जनताले छर्लङ्ग देख्न स्पष्ट काम गरेको महसुस गर्ने र  सरकारले जस पाउने वातावरण  सिर्जना  गरी सही सूचना जनता सामु पुर्‍याउनु प्रवक्ताहरुको जिम्मेवारी भएको बताए । उनले जनताको माग बमोजिम सूचना उपलब्ध गराउन ढिलासुस्ती नगर्न र सूचना प्रवाहमा हुने आनाकानी तथा अपारदर्शी प्रवृत्तिलाई अन्त्य गर्न कर्मचारी लाई निर्देशन दिए ।

उनले पारदर्शिता र जनउत्तरदायित्वको माध्यमबाट जनताको विश्वास जित्न सरकारले गम्भीर भूमिका खेल्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । आचार्यले सरकारका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी बनाउँदै जनताको अपेक्षालाई सम्बोधन गर्ने दिशामा काम गर्न सबै सरकारी निकायहरू सचेत हुनुपर्नेमा जोड दिए ।

सूचना व्यवस्थापनमा हुने ढिलासुस्तीले जनतामा नकारात्मक सोच उत्पन्न हुने भएकाले यसलाई तत्काल अन्त्य गर्नुपर्ने उनको तर्क थियो । गोष्ठीमा सहभागी सूचना अधिकारीहरूले सूचना प्रवाहलाई व्यवस्थित गर्दै जनउत्तरदायी शासन प्रवद्र्धन गर्न सरकारका पहललाई साथ दिने प्रतिबद्धता जनाएका थिए । 

ताजा खबर

सम्बन्धित खबर