२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

रोयल नेपाल यूथ एशोसिएसनको समन्वयमा पीडित कामदार नेपाल फर्किए

Nada
तिलु शर्मा पौडेल
२०८१ माघ ६ गते २१:२३
Shares
रोयल नेपाल यूथ एशोसिएसनको समन्वयमा पीडित कामदार नेपाल फर्किए

दोहा कतार : काम र खाना विहीन भएपछि कतार आएको ३ हप्तामै नवलपरासीका एक युवा नेपाल फर्किएका छन् । हेभी ड्राइभर भिसामा १८ सय कतारी रियाल तलबसहित ओभर टाइम पाउने भनि नेपालमा एक स्थानीय दलाललाई दुई लाख रुपैयाँ तिरेर कतार आएका रेवन्ते परियार रोयल नेपाल यूथ एसोसिएसनको समन्वयमा नेपाल फर्किएका हुन् । 

ncell

यूथका संयोजक केशु मल्ल ठकुरीका अनुसार स्थानीय दलालले कतारबाट फर्केर आए आफूले लिएको पैसा फिर्ता गर्ने बताएसँगै ग्रुपले हवाई टिकट उपलब्ध गराइ नेपाल फर्काएको मध्यान्हलाई जानकारी दिए ।

‘३ हप्तासम्म कम्पनीले पानी पनि नदिने एड्भान्स पैसा पनि नदिने र सोही कम्पनीमा कार्यरत पुराना कामदारहरूले समेत ५/६ महिनादेखि तलब नपाइ रहेको अवस्था रहेछ’ ठकुरीले भने ।

यूथले कतारका विभिन्न सार्वजनिक कार्यक्रममा ‘सुरक्षाका लागि स्वयंसेवक’ देखि सुरक्षाकर्मीका रूपमा सशक्त जिम्मेवारी निभाउँदै आएको छ । नेपाली समुदायलाई सहायताका साथै सरकारी निकाय कतार च्यारिटी, रेड्क्रीसेन्ट जस्ता संस्थाले गर्ने मानवीय तथा सामाजिक कार्यका लागि आवश्यक स्वयंसेवक लगायतका कार्यहरूमा सहयोगका लागि हरदम तयार रहेको र जोकोही नेपाली समस्यामा परेमा यूथले सहयोग गर्ने संयोजक ठकुरीले बताए ।

ताजा खबर

सम्बन्धित खबर