२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

समस्त ल्याबका स्वास्थ्यकर्मीले प्रजिअलाई बुझाए ज्ञापनपत्र

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ माघ ६ गते २१:५७
Shares
समस्त ल्याबका स्वास्थ्यकर्मीले प्रजिअलाई बुझाए ज्ञापनपत्र

रौतहट : रौतहटका समस्त ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुले  गौर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । 

ncell

मेडिकल कलेज र स्वास्थ्य संस्थाहरुबाट नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरुको पारिश्रमिक लगायतका सुविधामा अन्याय भएको भन्दै समाधानका लागि ज्ञापन पत्र बुझाइएको हो । 

नेपाल सरकारको सचिव स्तरिय बैठकको मिति २०८१/०८/२७ को निर्णय अनुसार पारिश्रमिक लागू गर्न/गराउनु भनि सम्पूर्ण मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाहरुलाई पत्राचार भइसकेको समेत स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

यसरी नेपाल सरकारले दिएको निर्देशन समेतको अवज्ञा गर्दै विभिन्न निजी स्वास्थ्य संस्थाहरुले सो निर्देशनको पालना नगरेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सो पत्रको कार्यान्वयको लागि सबै मेडिकल परामेडिकल स्वास्थ्यकर्मीहरु आन्दोलन गर्न बाध्य हुनुपर्ने अवस्थामा आएको ज्ञापन पत्रमा उल्लेख छ । 
 

ताजा खबर

सम्बन्धित खबर