काठमाडौं : काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना मुद्दामा पूर्वडिआइजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । धरौटी बुझाएर जोशी रिहा भएका छन् ।
\जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्वक खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए । जाहेरवालाहरूको तर्फबाट ५ जना सरकारी वकिल, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका थिए ।
जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो ।