२०८२ असार १३ गते शुक्रवार / Jun 27 , 2025 , Friday
२०८२ असार १३ गते शुक्रवार
Ads

माघ १८ मा संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

shivam cement
मध्यान्ह
२०८१ माघ ७ गते १६:४७
माघ १८ मा संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं : सरकारले संसदको हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।

संसद अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।

यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन बोलाउनेबारे सोमबारै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । सरकारले अधिवेशन बोलाउन ढिलाइ गरेको भन्दै सरकारको आलोचना गरिरहेका बेला सरकारले अधिवेशन बोलाउन सिफारिस गरेको हो ।

ADV

सम्बन्धित खबर

Advertise