२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

आर्थिक कूटनीतिले प्राथमिकता पाउने : राजदूत नेपाल

himalayanlife
२०८१ माघ ७ गते १८:००
Shares
आर्थिक कूटनीतिले प्राथमिकता पाउने : राजदूत नेपाल

काठमाडौंः स्पेनका लागि नेपाली राजदूत सनिल नेपालले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै नेपाल र नेपालीको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्पेन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा राससकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नवनियुक्त युवा राजदूत नेपालले मुलुकको शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन, रोजगारीलगायतका क्षेत्रमा लगानीको वातावरण सिर्जना गरी मुलुकको अर्थतन्त्र सुधारका पक्षमा योजनाबद्ध ढङ्गबाट काम गर्ने स्पष्ट गरे ।

उनले भने, ‘कूटनीतिक क्षेत्र तथा दातृ नियकासम्बद्ध स्वदेशी तथा विदेशी सङ्घसंस्थासँगको सहकार्यसहित वित्तीय व्यवस्थापन, नीति तथा योजना तर्जुमालगायतका क्षेत्रमा काम गरेको लामो अनुभवसहित प्राप्त ज्ञान र जनसम्पर्कको अधिकतम सदुपयोग गरी परिणाम देखिने गरी देश र जनताका पक्षमा काम गर्नेछु । प्राप्त जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद भन्न चाहन्छु ।’

राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते स्पेनका लागि उनलाई राजदूत पदमा नियुक्त गरेका थिए । राजदूत नियक्ति प्रक्रियाअन्तर्गत नेपाल सरकारबाट गत साउनमा स्पेनका लागि सिफारिस भएका नेपालले भदौमा संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेका थिए । सरकारले हाल नेपाली दूतावास नभएकाले युरोपेली मुलुक माल्टाका लागि समेत राजदूतको जिम्मेवारी तोकेको उनले जानकारी दिए ।

यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पोचुगलमा नेपाली दूतावास स्थापना गरी उनलाई राजदूत पदमा सिफारिस गरेको थियो ।

सम्बन्धित खबर