काठमाडौं : करिब पाँच हजार नेपाली रहको माल्दिभ्समा २२ नेपाली कामदारलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । माल्दिभ्समा १३ सय ७१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये २२ जना नेपाली छन् ।
खाडी र मलेसियामामा जस्तै विदेशी कामदारलाई त्यहाँको सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाएको भन्दै श्रीलंकास्थित नेपाली दूतावासले उनीहरू अप्ठेरोमा नपरेको जनाएको छ ।
कम्पनीले तलव नदिई निकालेपछि माल्दिभ्समा ७ जना नेपाली २ महिनादेखि समस्यामा रहेको दूतावासले जनाएको छ । उनीहरूलाई राहतका लागि दूतावासले करिब दुई साताअघि साढे ३ सय अमेरिकी डलर पठाइदिएको बताएको थियो । माल्दिभ्सको निर्माण क्षेत्रदेखि रिसोर्ट तथा होटलमा नेपालीहरुले काम गरिरहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies