२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

भारतका विदेश सचिव मिश्री काठमाडौंमा

Nada
२०८३ कार्तिक १८ गते ११:४६
Shares
भारतका विदेश सचिव मिश्री काठमाडौंमा

काठमाडौं : भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने नेपालको औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् । भ्रमणका क्रममा परराष्ट्र सचिव राईले विदेश सचिव मिश्रीसँग द्विपक्षीय छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा  र आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन् । यसले दुवै देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने छ । 

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

विदेश सचिव मिश्री भ्रमण सम्पन्न गरी भोलि कात्तिक १९ गते नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर