काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पाँच बजे सर्वदलीय बैठक बोलाइएको हो ।
बैठकमा प्रमुख दलका नेताहरुलाई आमन्त्रण गरिएको छ । बैठकमा सरकारले अघि बढाएको संविधान संशोधन प्रस्ताव लगायतका विषयमा कुराकानी हुने बताइएको छ ।
त्यस्तै सरकारले नयाँ नक्सा जारी गरेपछिको परिस्थितीका विषयमा पनि कुरा हुने बताइएको छ । यसअघि विपक्षी दलहरुले नक्सा जारी गर्दा र संविधान संशोधन प्रस्ताव अघि बढाउन परामर्श नगरेको गुनासो गर्दै आएका थिए ।
बैठकमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेका प्रयासका विषयमा पनि कुरा हुने बुझिएको छ । सर्वदलीय बैठकमा सरकारले ल्याउन लागेको नयाँ बजेट पनि छलफलको विषय हुने अनुमान गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies