२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

तनहुँको बेल भन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

himalayanlife
२०८१ माघ ८ गते ११:०६
Shares
तनहुँको बेल भन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ बेल भन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो । 

मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । “हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ”, उनले भने ।

सम्बन्धित खबर