काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मालपोत कार्यालय खोटाङका तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहालसहित नौ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार तत्कालीन मालपोत प्रमुख दाहालसमेतको मिलेमतोमा खोटाङको साविक दिक्तेल गाविस वडा नं ६ को सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको अरोप लगाइएको छ ।
आयोगले दाहालविरुद्ध रु चार लाख १४ हजार ४५३, नापी प्रमुख सियाकान्त चौधरी, मालपोत अधिकृत कटकबहादुर खत्री र तत्कालीन नायब सुब्बा भीमबहादुर खत्रीविरुद्ध समान रु चार लाख ८९ हजार २०१, तत्कालीन खरिदार टेकबहादुर खड्का र नायब सुब्बा चन्द्रबहादुर कार्कीविरुद्ध समान ६३ हजार ८५०, साविक दिक्तेल गाविसका निवेदक गजेन्द्रकुमार थापाविरुद्ध रु चार लाख १४ हजार ४५३, अर्का निवेदक रामबहादुर थापाविरुद्ध रु ७४ हजार ७४८ माग दाबी गर्दै तथा नापी कार्यालयका अमिन गणेशकुमार खिरहरिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies