काठमाडौं : अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आशिका लाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरेको थियो ।
यसअघि आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो ।
उक्त म्याद सोमबार सकिएपछि प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।