काठमाडौं : पश्चिम रुकुमको चौरजहारी नगरपालिका– आठ सोतीमा भएको घटना पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । परिवारले वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ललगायतका विरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता गराएका हुन् ।
त्यस्तै दलित अधिकारकर्मीले दोषिलाई कारबाहीको माग गर्दै जाजरकोटमा अनसन पनि थालेका छन । घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्नेलगायत माग पीडितको छ ।
पीडितको माग अनुसार प्रशासनले बेपत्ता तीन जनाको खोजीका लागि गोताखोर मगाएको छ । भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडानम्बर चारका सन्दीप विक अझै बेपत्ता छन् । खोजीकार्यमा स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु संलग्न छन् ।
आजैबाट भेरीमा बेपत्ताको खोजी थालिने प्रहरीले जनाएको छ । प्रशासनले पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएका हुन् । चौरजहारी नगरपालिका–८ टीकाराम सुनारको शव परीक्षण गरिएको छ भने भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढाको परीक्षण हुन बाँकी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies