क्वालालम्पुर : मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डा.नेत्रप्रसाद तिमल्सिनाले मलेसियालाई नेपालको टुरिजमसँग जोड्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
राजदूतावासको सभाहलमा गैरआवासीय नेपाली संघ मलेसियासँगको परिचयात्मक कार्यक्रममा उनले नेपाली मौलिकतालाई सबैसँग पु¥याउँदै मलेसियालाई पनि नेपालको टुरिजसँग जोड्न पहल गर्ने प्रतिबद्धता जनाए । यसका लागि सबैको दायित्व उत्तिकै रहेको र दूतावासको तर्फबाट आफू र आफ्नो नेतृत्व सदैब सकारात्मक रहने बताए ।
यस्तै उनले पारस्परिक सहयोग भाव राखेर नेपाल र नेपाली समुदायको हकहितको संरक्षणमा लाग्ने पनि बताए । भेटका क्रममा राजदूत तिमल्सिनाले नेपाललाई लगानीसँग जोड्न एनआरएनएले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
दूतावासबाट दिइँदै आएका सेवाहरुलाई थप प्रभावकारी, मर्यादित कसरी बनाउने ? भन्ने छलफलका क्रममा उठेका प्रश्नहरुको उत्तर दिँदै डीसीएम मुद्दिता बज्राचार्य, प्रथम सचिव बलिराम धामीले सेवाग्राही र सेवा प्रदायकबीच समन्वयता बढाउन आफूहरु लागि परिरहेको बताएका थिए । उनीहरुले आएका सुझावहरुलाई ग्रहण गर्दै परिमार्जित गर्दै लैजाने प्रतिबद्धता जनाए ।
कार्यक्रममा एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो, उपाध्यक्ष हेमराज सापकोटा, आइसीसी सदस्य टेक टमेटा, युवा तथा खेलकुद संयोजक राजु तामाङ, संरक्षक चोलाकान्त पंगेनीलगायतको उपस्थिति रहेको थियो ।