२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कोशी एक्सिलेन्स अवार्ड-२०८१ इटहरीमा हुँदै

Nada
२०८१ माघ ९ गते १०:२२
Shares
कोशी एक्सिलेन्स अवार्ड-२०८१ इटहरीमा हुँदै

इटहरी : इटहरीमा रहेको नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले ‘कोशी एक्सिलेन्स अवार्ड’को तयारी गरेको छ । 

ncell

आफ्नो स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षको अवसर पारेर आगामी फागुन ७ गते एक कार्यक्रमको आयोजना गरी कोशी एक्सिलेन्स अवार्डको तयारी गरेको हो । 

मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले विज्ञप्तिमार्फत कोशी प्रदेशमै पहिलो पटक हुन लागेको यो अवार्ड विभिन्न १३ विधामा प्रदान गर्न लागेको बताए । 

अधिकारीका अनुसार शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिंग, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स विधामा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिनेछ । 

१३ विधाका उत्कृष्ट व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिने र यसलाई पारदर्शी बनाउनका लागि चार सदस्यीय निर्णायक समितिसमेत छनोट गरिएको छ,’ अधिकारीले भने, ‘अहिले उक्त निर्णायक समितिले अवार्ड प्राप्त गर्ने व्यक्ति वा संस्था छनोटका लागि काम गरिरहेको छ ।’ 

‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ कार्यक्रमका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिको रूपमा रहने उनको भनाइ छ । 

इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा हुने कार्यक्रममा विभागीय मन्त्रीहरूसहित सरकारी ओहदाका विशिष्ट व्यक्तिहरू, विभिन्न पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरूसहितको उपस्थिति हुने अधिकारीले बताए । 

कार्यक्रम संयोजक विवेक रेग्मीले उक्त अवार्ड कार्यक्रमले कोशी प्रदेशको व्यापार, व्यवसाय प्रवर्द्धनसँगै पर्यटनको क्षेत्रमासमेत टेवा पुग्ने दाबी गरे । ‘यो कार्यक्रमले व्यापारको प्रवर्द्धनसँगै पर्यटन क्षेत्रमा पनि टेवा पुग्नेछ,’ उनले भने, ‘कोशी प्रदेश सरकारले भ्रमण वर्ष २०८१ को तयारी गरिरहँदा हाम्रो यस कार्यक्रमले कोशीको पर्यटनलाई केही हदसम्म भए पनि प्रवर्द्धन गर्ने विश्वास गरेका छौँ ।’

कम्पनीले गत वर्ष प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा  कार्यक्रमको आयोजना गरी पत्रकारितासहित विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरेको थियो । यस वर्षको अवार्ड कार्यक्रमलाई काफल्स इटहरीले म्यानेजमेन्टको जिम्मा लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर