मलेसिया : मलेसियाको मलकास्थित अध्यागमन विभागले दुई नेपाली नागरिक फरार रहेको सुचना जारी गरेको छ ।
फरार हुनेहरूमा दलबहादुर स्याङ्जाली मगर र रबिना राई रहेको मलेसियाको मलका अध्यागमनका उपसहायक निर्देशक मुहम्मद जरिफ बिन रोस्लानद्वारा गत सोमबार जारी गरिएको सूचनामा उल्लेख छ ।
सूचनामा उल्लेख गरिएअनुसार फरार रहेका उनीहरूमाथी अनुसन्धान गर्नुपर्ने बताइएको छ । फरार अभियुक्तको नाम र राहदानी नम्बरसहित सूचना सार्वजनिक गर्दै सर्वसाधारणलाई उनीहरूको बारेमा थाहा भए प्रहरीलाई खवर गरिदिन आग्रहसमेत गरिएको छ ।
अध्यागमनको फरार सूचीमा बिरलै नेपालीको नाम आउने गरेको थियो । साधारण समस्याहरूमा अध्यागमनले यसरी फरार रहेको सूचना जारी नगर्ने भएकाले उनीहरू केही जगन्य आपराधिक क्रियाकलापमा सरिक भएको हुनसक्ने जानकारहरू बताउँछन् ।