काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुँदैछन् । उनीमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने भैरहवा गएका हुन् ।
रवि बुधवार अदालत उपस्थित भएपछि बयान तथा थुनछेक बहस हुनेछ । यसका लागि उनी आफ्नो तर्फबाट सकेसम्म कम वकिल राखेर एक दुई दिनमै बहस सिध्याउने योजनामा छन् । कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनीकाट कात्तिक २७ गते बुटवल लगेर बयान लिइएको थियो ।