काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बिहीबार ल्याएको आगामी आर्थिक बर्षको बजेट कार्यान्वयन गर्ने आधार नदेखिएको ठहर गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले अहिलेको असामान्य अवस्थामा पनि सरकारले सामान्य बजेट ल्याएको भन्दै बजेट कार्यान्वयन गर्ने आधार नदेखिएको ठहर गरेको हो । कांग्रेसले कारोना रोकथाम र उपचारका लागि बिजियोजीत बजेट पनि प्रयाप्त नरहेको जनाएको छ ।
कोरोना नियन्त्रण रोकथाम र यसबाट उकास्ने तथा उद्योगी व्यवयासीहरुलाई बजेटले सम्बोधन गर्न नसकेको कांग्रेसको निष्कर्ष छ । राजस्वको लक्ष्य पनि पुरा हुन नदेखिएको र सरकारले बाह्य तथा आन्तरिक ऋण लिने लक्ष्य पनि लिएको र त्यसको प्रभाव बजेटको आयमा देखिने कांग्रेसको भनाइ छ ।
कांग्रेले नेपालको उद्योग धन्दा कृषि लगाएतलाई सरकारले बिशेष सम्बोधन गर्न नसकेको जनाएको छ । बैठकमा कांग्रेस सभापति देउवाले बजेट छलफलका क्रममा गम्भीर रुपमा आवाज उठाउन सांसदहरुलाई निर्देशन दिएको छ । बैठकमा काग्रेसले बजेटका बारेमा अर्थबिद्हरुसंग पनि छलफल समेत गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies