२०८१ माघ ९ गते बुधवार / Jan 22 , 2025 , Wednesday
२०८१ माघ ९ गते बुधवार
Ads

कर्मदा विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

hardik ivf
मध्यान्ह
२०८१ माघ ९ गते १५:१७
कर्मदा विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

तनहुँ : तनहुँको पुर्कोटमा रहेको श्री कर्मदा माध्यमिक विद्यालयको ४०औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घराज पाण्डेको अध्यक्षतामा भएको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो ।

समारोहमा विशिष्ट अतिथिको रूपमा भानु नगरपालिकाका उपप्रमुख उमा गोतामे, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती तथा वडा नं ९ का वडाध्यक्ष मीनबहादुर गुरुङ रहेका थिए । कार्यक्रममा विशेष अतिथिको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष कलाकार राजु ढकालको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयको प्रतिवेदन पेश गरिनुका साथै पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुको गायन तथा नृत्य प्रस्तुति पनि रहेको थियो ।

सो अवसरमा लायन्स क्लब अफ काठमाडौं नेपालय डिस्ट्रिक क्याबिनेट ट्रेजर लायन सुधीर शर्मा, डिस्ट्रिक डिपार्टमेन्ट चिफ (स्कुल सपोर्ट), लायन किरण श्रेष्ठ, डिस्ट्रिक एक्जिक्युटिभ चिफ (हंगर) अमित थापा र लायन्स क्लब अफ तनहुँ दमौली प्रेसिडेन्ट रनिल रोक्काले कक्षा बालविकासदेखि कक्षा ३ सम्मका ७५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका थिए । उनीहरुले विद्यालयका अध्यक्ष दीर्घराज पाण्डे तथा प्रधानाध्यापक सञ्जयकुमार वि.क.लाई बालबालिकालागि झोला, कापी, कलम, टिफिन बक्स हस्तान्तरण गरेका हुन् ।

विद्यालयका पूर्वविद्यार्थी तथा लायन्स क्लब अफ काठकाडौं नेपालयका सेक्रेटरी भुवन श्रेष्ठको पहलमा शैक्षिक हस्तान्तरण कार्यक्रम उक्त विद्यालयमा गरिएको हो । विद्यालयका सहायक प्रधानाध्यापक रिदय भट्टले सञ्चालन गरेको कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू र विद्यालयका पूर्वविद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise