२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा सशस्त्र प्रहरीको योगदान महत्वपूर्ण : मुख्यमन्त्री कार्की

Nada
२०८१ माघ ९ गते १५:२४
Shares
सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा सशस्त्र प्रहरीको योगदान महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन् ।

ncell

सशस्त्र प्रहरी बल नेपाल नं. १ बाहिनी मुख्यालय पकलीको २४औं स्थापना दिवसका अवसरमा बुधबार इटहरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद्का समयमा उद्धारमा देखिआएको सक्रियता, समाजमा शान्ति स्थापनामा पुर्‍याएको योगदानको बारेमा प्रशंशा गरेका छन् । 

उनले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बोर्डरपोष्ट र कतिपय ठाउँमा भवनहरू नहुँदा सीमा सुरक्षामा निर्वाह गरेको भूमिका उल्लेखनीय रहेको बताए । मुख्यमन्त्री कार्कीले भने, “कोरोना महामारीका समयमा सीमा क्षेत्रमा र विपद् आउँदा अग्रभागमा खटिएर निर्वाह गरेको भूमिका प्रशंसायोग्य छ ।”

उनले सीमित स्रोत साधनका बाबजुद सीमा क्षेत्रमा सुरक्षार्थ खटिएर राजस्व संकलन वृद्धि गर्न योगदान गरेको र विपद् व्यवस्थापन कुशतलतापूर्वक गरिरहेकोमा प्रशंसा गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ५२ वटा बोर्डरपोस्ट निर्माण गरेको जानकारी दिँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “दुई ठूला देशको बीचमा नेपाल रहेको छ । भारतसँग खुला सीमा रहेकाले आपसी समन्वय र सहकार्यमार्फत मुलुकलाई लाभ हुने गरी काम गर्नुपर्दछ”, उनले भने ।

सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले सशस्त्र प्रहरीले विभिन्न अवरोध र अप्ठेयाराहरू सामना गर्दै जनताको सेवा गरी यहाँसम्म आइपुगेको बताए । प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाले सशस्त्र प्रहरीले गरिरहेको कामका विषयमा कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न व्यक्ति र प्रहरीलाई सम्मान गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर