२०८२ भदौ ३ गते मङ्गलवार / Aug 19 , 2025 , Tuesday
२०८२ भदौ ३ गते मङ्गलवार
Ads

वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु

shivam cement
मध्यान्ह
२०८१ माघ ९ गते १८:४०
वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु

बाँकेः वन्यजन्तुको आक्रमणबाट यहाँको राप्तीसोनारी गाउँपालिका–८ ओभरीका ६७ वर्षीया चेती बुढाथोकीको ज्यान गएको छ ।

शम्शेरगञ्ज सबडिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार आज भवती सामुदायिक वनमा दाउरा काट्न गएकी बुढाथोकीलाई वन्यजन्तुले आक्रमण गरी मारेको हुनसक्ने अनुमान गरिएको छ । 

‘मृतकको टाउको नै नभएको अवस्थामा फेला परेको हुनाले हामीले बाघ वा चितुवामध्ये कुनै एक वन्यजन्तुले मारेको हुनसक्ने आशङ्का गरेका छौँ’, उनले भने ‘मृतक चेतीलाई वन्यजन्तुले आक्रमण गर्दै गरेको कसैले नदेखेको हुनाले ठ्याक्कै बाघले नै मारेको भन्न सकिँदैन वा चितुवाले नै मारेको भन्न सकिँदैन । यसको फरेन्सिक जाँच भयो भने मात्र हामीले तथ्यका आधारमा भन्न सक्छौँ ।’

वरिष्ठ वन अधिकृत शर्माका अनुसार आज दिउँसो ३ बजेको समयमा पूर्वपश्चिम राजमार्गदेखि एक किमी पूर्वी भागमा लतारिएको अवस्थामा मृतक चेतीको शव भेटिएको थियो । 

ADV

सम्बन्धित खबर

Advertise