२०८१ माघ १० गते बिहिवार / Jan 23 , 2025 , Thursday
२०८१ माघ १० गते बिहिवार
Ads

त्रिशूली अस्पताल : बागमती प्रदेशको पहिलो र देशकै तेस्रो उत्कृष्ट

hardik ivf
अन्जान गुभाजु
२०८१ माघ १० गते ०८:०७
त्रिशूली अस्पताल : बागमती प्रदेशको पहिलो र देशकै तेस्रो उत्कृष्ट

नुवाकोट : बागमती प्रदेशको त्रिशूली अस्पतालले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन अन्तर्गत ८१ प्रतिशत अंक हासिल गर्दै बागमती प्रदेशकै पहिलो र देशकै तेस्रो उत्कृष्ट अस्पतालको मान्यता प्राप्त गरेको छ ।

यो उपलब्धिको घोषणा बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन समितिका प्रतिनिधि डा. त्रिभुवन चन्द्र झाले गरेका हुन् । सार्वजनिक प्रतिवेदनअनुसार त्रिशूली अस्पतालले आफ्नो सेवा र व्यवस्थापनमा उच्च स्तरको सुधार गर्दै यो सफलता हात पारेको हो ।

No description available.

अस्पताल व्यवस्थापन तथा संचालक समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले यो सफलता अस्पतालका सबै कर्मचारी, सेवाग्राही र सरोकारवालाको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गरे । उनले आगामी दिनमा अस्पतालको गुणस्तरलाई थप सुधार गर्दै बिरामीमैत्री सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

चालू आर्थिक वर्षमा अस्पतालले बिरामीहरूको सहजताका लागि भिडियो कल सेवा संचालन गर्ने योजना बनाएको  अस्पतालका मेसु डा राजेन्द्र लामाले जानकारी दिए । यसले सेवा प्रवाहमा थप प्रगति हुने अपेक्षा गरिएको छ ।

त्रिशूली अस्पतालको यो उपलब्धिले स्वास्थ्य सेवामा सुधार गर्न सकिने सम्भावनालाई थप बलियो बनाएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

No description available.

ADVADV

सम्बन्धित खबर

Advertise