काठमाडौं : मलेसियाले आगामी सातादेखि अवैध रुपमा बसिरहेका आप्रवासी कामदार फर्काउन शुरु गर्ने तयारी गरेपछि मलेसियामा बसेर व्यापार गर्ने केही नेपालीहरुले चार्टर फ्लाईटको टिकट खुलेको भन्दै रकम संकलन गर्न शुरु गरेका छन् ।
गत मार्च १८ तारिकदेखि मलेसियामा लागू भएको आगावगन प्रतिवन्ध आगामी जुन ५ तारिकसम्म रहेको छ । उक्त समुहले ६ तारिकदेखि आवागमन प्रतिवन्धको आदेश खारेज हुने र सोही मितिदेखि नेपालमा चार्टर फ्लाईट भई स्वदशे फर्किन पाइने भन्दै बुकिङ खुलेको हल्ला चलाएर रकम उठाउन शुरु गरेको बताइएको छ ।
आवागमन आदेश लागू भएको अवस्थामा नेपालका लागि चार्टर फ्लाईट शुरु भएको हल्ला चलेपछि मलेसियाका विभिन्न स्थानमा रहेका नेपाली कामदारहरुले त्यहाँस्थित नेपाली दूतावासले राहत तथा उद्धारका लागि सञ्चालन गरेको ०१६–२४७२७७७ नम्बरमा निरन्तर सम्पर्क गरेर जवाफ मागिरहेको दूतावासमा कार्यरत द्वितीय सचिव यशु बस्नेतले बताइन् ।
मलेसियामा तत्काल नेपाल फर्कनुपर्ने नेपाली नागरिकहरुको विवरण संकलन गर्न अनलाइन फारम भर्नेबाहेक विमान चार्टर गरेर नेपाली कामदारहरुलाई स्वदेश फर्काउने कुनै कार्यक्रम नरहेको भन्दै द्वितीय सचिव बस्नेतले नेपाल सरकारले कुनैपनि संघसंस्था वा समुहलाई चार्टर फ्लाईटको अनुमति नदिएको बताइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies