काठमाडौं : भारतीय लोकप्रिय संगीतकार वाजिद खानको निधन भएको छ । ४२ वर्षीय वाजिदको मिर्गौलामा संक्रमण भएर आज बिहान मुम्बईमा निधन भएको हो । वाजिदको केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनको मिर्गौलामा संक्रमण देखिएको थियो । पछिल्लो ४ दिनदेखि अस्पतालको भेन्टिलेटरमा थिए ।
वाजिदमा कोरोना भाइरसको पनि संक्रमण देखिएको बताइएको छ । साजिद–वाजिद दाजुभाईको जोडी बलिउडमा खुब लोकप्रिय थियो । उनीहरु प्रख्यात तबलावादक उस्ताद शराफत अली खानका छोरा हुन् ।
दुबैले सलमान खानको ’प्यार किया तो डरना क्यु फिल्मवाट करिअर सुरु गरेका थिए । त्यसपछि उनीहरुले दर्जनौं फिल्ममा संगीत दिएका थिए । उनका ‘हुड हुड दबंग’, ‘जल्वा’, ‘फेभिकोल से जस्ता गीत चर्चित छन् । उनको निधनप्रति बलिउड कलाकारहरुले दुःख ब्यक्त गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies