काठमाडौँ : रास्वपा सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु भएको छ । लामिछाने अदालत हाजिर भएसँगै थुनछेक बहस सुरु भएको हो ।
बुधबार बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्माजमानीमा छाडिएको थियो । लामिछाने बिहीबार अदालतमा उपस्थित भइसकेको जिल्ला अदालत रुपन्देहीले जानकारी दिएको छ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस हुँदैछ
बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन गरेको अभियोग लामिछानेमाथि छ । लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।
आज हुने थुनछेक बहसका आधारमा उनी थुनाबाहिर रहने वा थुनामै रहने भन्ने अदालतले आदेश दिनेछ । लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पुरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।