शुभ नारायण कामती/मध्यान्ह
सिरहा : कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनकाबीच सामाजिक दुरी कायम गर्दै सिरहाको सिरहा नगरपालिका वडा नं. ११ भलुवाहीमा नव–निर्मित स्वास्थ्य चौकी भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
स्वास्थ्य चौकी भलुवाहीका व्यवस्थापन समिति अध्यक्ष तथा सिरहा नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष बिनोद कुमार कामतीको अध्यक्षता , नगरपालिकाका प्रमुख अशेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यता तथा सिरहा नगरपालिका ११ का वडा सदस्यहरु, स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्यहरु, स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव, बिष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सेवक राय, स्वास्थ्य चौकी भलुवाहीका इन्चार्ज सिअहेव जय नारायण यदवको आतिथ्यतामा भएको भवन उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका पाटीप्रतिनिधि , बुद्धिजिवी , समाजसेवी , शिक्षक , कर्मचारी , विद्यार्थीहरु एवं संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख यादवले कोरोना भाइरसको संक्रमणबाट जोगिन लकडाउनलाई कडाईका साथ पालना गर्नुपर्ने बताए । उनले हालसम्म कोरोना भाइरस नियन्त्रण गर्न कुनै पनि औषधि बन्न नसकेकोले घरमै बसी सुरक्षित रहनुको विकल्प नभएकोमा जोड दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies