२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

गृहमन्त्री लेखक र एडिबी निर्देशक कोस्वाबीच भेटवार्ता

shivam cement
२०८१ माघ १० गते १५:०६
Shares
गृहमन्त्री लेखक र एडिबी निर्देशक कोस्वाबीच भेटवार्ता

काठमाडौँ : एसियाली विकास बैंक(एडिबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसित भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडिबीकोे पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे ।

साथै मन्त्री लेखकले पुर्व-पश्चिम राजमार्गको गड्डाचौकी-कोहलपुर खण्ड स्तरोनन्ती, सुदूरपश्चिमको महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा विकास गर्न थालिएको महाकाली करिडोरको सडक निर्माणमा सहयोग, कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको सडक स्तरोन्नती, भारतीय सहयोगमा निर्माणको प्रक्रियामा रहेको दोधारा चाँदनी सुख्खा बन्दरगाह वरपर अन्य भौतिक संरचना निर्माण गरी नमूना सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडिबीसित आग्रह गरे । 

त्यसैगरी मन्त्री लेखक र एडिबी निर्देशक कोस्वाबिच सुदूरपश्चिममा चार पालिकामा एडिबीको सहयोगमा बनिरहेका आधुनिक शहरको निर्माणलाई थप निरन्तरता र सुदूरपश्चिमको धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा सहयोगका विषयमा छलफल भएको छ ।

एडिबी प्रतिनिधिहरूसितको छलफलमा मन्त्री लेखकले गत वर्ष एडिबीले सुदूरपश्चिमको पर्यटकीय विकासका लागि गरेको सर्वे रिपोर्ट कार्यान्वयनमा समेत जोड दिए । एडिबीका निर्देशक आर्नो कोस्वाले उक्त विषयमा एडिबीको माथिल्लो तहसित छलफल गरी जवाफ दिने बताए । 

सम्बन्धित खबर