काठमाडौं : सरकारले आगामी पाँच दिनभित्र कर दाखिला गर्नका लागि निर्देशन दिएको छ । आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै अन्तिम पटक जेठ २५ गतेसम्म कर तिर्ने समयसीमा तोक्दै लकडाउन अवधि बढे पनि कर तिर्ने समय भने यथावत रहेको जनाएको हो ।
विभागले गत चैत, वैशाख र जेठ सम्ममा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर, भ्याट, अन्तःशुल्क लगायतका सम्पूर्ण कर बुझाउन ताकेता गरेको हो । निर्धारित समयमा नै कर नबुझाए शुल्क, थप दस्तुर, व्याज, तथा जरिवाना लाग्ने समेत विभागले जनाएको छ ।
बैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो । त्यसपछि करको विषयमा सरकारले अर्को निर्णय गरेको छैन । तर, लकडाउन जेठ मसान्तसम्म जारी राख्ने निर्णय गरिसकेको छ । कारोना संक्रमणबाट उत्पन्न असहज परिस्थितिको समयमा सरकारले कर उठाउन ताकेता गरेकोमा उद्योगी ब्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन् ।
उद्योग र व्यवसाय बन्द रहेको अवस्थामा करका लागि दवाव दिनु न्यायोचित नभएको उनीहरुको भनाइ छ । लकडाउन खुकुलो बनाएर पहिले सुरक्षित रुपमा ब्यवसाय गर्ने वातावरण बनाउनुपर्ने उद्योगी व्यवसायीको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies