काठमाडौं : जुवातास खेल्दै गर्दा सोमबार राति पक्राउ परेका व्यवसायीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई जिप्रकाले अनुमति मागेको थियो ।
महानगरीय प्रहरी वृत्त, दरबारमार्गले चलाएको अपरेसनका क्रममा कमलादीस्थित एक होटलबाट उनीहरु समातिएका थिए । पक्राउ पर्नेमा रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आहुजा र निक्की जोगाइ छन् ।
उनीहरू सबै मुलुकका प्रतिष्ठित व्यपारिक घरानासँग जोडिएका व्यक्ति हुन् । उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies