२०८१ माघ १० गते बिहिवार / Jan 23 , 2025 , Thursday
२०८१ माघ १० गते बिहिवार
Ads

सांसद एकनाथ ढकाल र राष्ट्रसंघ महासभाका अध्यक्ष फिलिमेन याङबीच भेटवार्ता 

hardik ivf
मध्यान्ह
२०८१ माघ १० गते १७:०२
सांसद एकनाथ ढकाल र राष्ट्रसंघ महासभाका अध्यक्ष फिलिमेन याङबीच भेटवार्ता 

न्यूयोर्क : संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रतिनिधिसभाका सदस्य एकनाथ ढकालले बुधबार संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष फिलिमेन याङसँग भेटवार्ता गरेका छन् ।

न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको भेटमा सांसद ढकालले नेपालको शान्ति प्रक्रियामा राष्ट्रसंघको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट शुभकामना सन्देश दिए ।

महासभाका अध्यक्ष फिलिमेन याङले राष्ट्रसंघको ७९औं महासभामा प्रधानमन्त्री ओलीसँग भएको महत्त्वपूर्ण भेटवार्ताको स्मरण गर्दै नेपालको शान्ति र समृद्धिको यात्रामा राष्ट्रसंघको सदैव सद्भाव रहने बताए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको शपथ ग्रहणमा सहभागी हुन अमेरिका पुगेका ढकालले वाशिङ्टन डीसीमा रिपब्लिकन र डेमोक्र्याट पार्टीका ६ जना सांसदहरूसँग समेत भेट गरेका थिए । पूर्वमन्त्रीसमेत रहेका ढकालले क्यपिटोल हिल (संसद भवन) मा अमेरिकी सांसदहरू बेथ भान डाइन, डानी देविज, जोहन टाईलर डुलिटल, जोनाथन ज्याक्सन, लुइए गोहमेर्टलगायतसँग संसद भवनमा द्विपक्षीय हित र नेपाल-अमेरिका संसदीय आदानप्रदानबारे छुट्टाछुट्टै कुराकानी गरेका थिए ।

सांसद ढकालले अमेरिकी पत्रिका ‘द वाशिङ्टन टाइम्स’ को मुख्यालयको समेत भ्रमण गरी उक्त पत्रिकाका अध्यक्ष थोमस म्याकडेभिटलगायतसँग अन्तरक्रिया गरे ।

ढकाल प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् र उनी नेपाल-अमेरिका संसदीय मैत्री समूहमा आबद्ध छन् । सांसद ढकालको भ्रमणलाई अमेरिकी नेताहरूले विशेष महत्त्व दिएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise