२०८१ माघ ११ गते शुक्रवार / Jan 24 , 2025 , Friday
२०८१ माघ ११ गते शुक्रवार
Ads

चुडाकवि स्मृति प्रतिष्ठानले मोरङमा वादविवाद प्रतियोगिता गर्ने

hardik ivf
मध्यान्ह
२०८१ माघ १० गते २१:३३
चुडाकवि स्मृति प्रतिष्ठानले मोरङमा वादविवाद प्रतियोगिता गर्ने

विराटनगर : चुडाकवि स्मृति प्रतिष्ठान बुढीगंगा मोरङले जिल्ला स्तरिय वादविवाद प्रतियोगिता गर्ने भएको छ । प्रतिष्ठानले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी यही माघ १६ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा बुढीगंगास्थित स्मृति बोर्डिङ स्कुलमा प्रतियोगिता गर्ने जानकारी दिएको हो । ‘भौतिक पूर्वाधार विकासकी सामाजिक पूर्वाधार विकास’ शीर्षकको वादविवाद प्रतियोगितामा उत्कृष्ट पक्ष र विपक्ष दुवै समूहलाई नगदसहित, शिल्ड र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानकी महासचिव रिता न्यौपानेले जानकारी दिइन् । 

महासचिव न्यौपानेले प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ४८ विद्यालयले सहभागी जनाउन दर्ता भइसकेको र बाँकी विद्यालयहरू गरी ५० बढी विद्यालय सहभागि हुने जानकारी दिइन् ।

महासचिव न्यौपानेले यसअघि स्मृति बोर्डिङ स्कुलको नेतृत्वमा हुँदै आएको यो प्रतियोगिता यस वर्षदेखि चुडाकवि फाउन्डेसनले आयोजना गर्न लागेको जानकारी दिइन् । वादविवाद प्रतियोगितामा उत्कृष्ट पक्ष र विपक्ष दुवै समूहलाई नगदसहित, शिल्ड र प्रमाणपत्र प्रदान गरिने न्यौपानेले जानकारी दिइन् ।  

‘प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार ११ हजार, पक्ष र विपक्ष गरी ६ जनालाई नै नगदसहित पुरस्कार प्रदान गरिनेछ’, उनले भनिन्, ‘सहभागी हुने सम्पूर्ण विद्यालयहरूलाई विशेष प्रमाणपत्र प्रदान गरिनेछ ।’ 

प्रतियोगितामा मोरङ जिल्लाका सामुदायिक तथा संस्थागततर्फका ४८ वटा माध्यमिक विद्यालयहरूबाट प्रत्येक विद्यालयका एक÷एक जना छात्र वा छात्रा सहभागिता जनाउने समेत जानकारी दिइएको छ । 

प्रतिष्ठानका सचिव सागर बरालले बालबालिकाको नेतृत्व क्षमता विकासको लागि पक्ष र विपक्षको बीचमा आफ्नो तर्क बलियो बनाउनको लागि अभ्यस्त बनाउने उद्देश्यले वादविवाद प्रतियोगिता गर्न लागिएको बताए । विगत चार वर्षदेखि हुँदै आएको प्रतियोगितालाई यो वर्ष विशेष बनाउन लागिएको उनको भनाइ छ । 

प्रतियोगिताको निर्णायकमा सिस्नु पानी नेपालका सरोज घिमिरे, साहित्यकार तथा लेखक सुविन भट्टराई, शिक्षा क्षेत्रका भेषजा काफ्ले लगायत रहने जनाइएको छ । प्रतिष्ठानले वादविवाद प्रतियोगितासँगै, बुढीगंगा गाउँपालिकामा कार्यरत ३८ जना महिला स्वयंसेविकाहरूलाई समेत सम्मान गरिने उपाध्यक्ष मणिराम न्यौपानेले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise