२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

प्रवासी नेपाली मञ्च मलेसियाले सेल्टर हाउस स्थापना गर्ने 

himalayanlife
२०८१ माघ ११ गते १०:३८
Shares
प्रवासी नेपाली मञ्च मलेसियाले सेल्टर हाउस स्थापना गर्ने 

मलेसिया : प्रवासी नेपाली मञ्च मलेसियाले सेल्टर हाउस स्थापना गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न '९औ वार्षिक उत्सव तथा माघी संक्रान्ती कार्यक्रम -२०२५' को अवसरमा थारु कल्याणकारी सभाले आयोजना गरेको कार्यक्रममा अतिथि वक्ता एवं मञ्चका अध्यक्ष दयाराम कुमालले उक्त घोषणा गरेका हुन् ।

प्रवासी नेपाली मञ्चले नेपाली राजदूतवाससँग समन्वय गरेर विभिन्न कारणले मलेसियाको डिटेन्सन केन्द्रमा रहेका नेपालीहरूलाई स्वदेश फर्किन एकतर्फी हवाई टिकट उपलब्ध गराउदै आएको स्मरण गराउदै अध्यक्ष कुमालले प्रवासी नेपाली मञ्चले 'पिडीत श्रमिक उद्धार कोष'  स्थापना गरी पिडीत श्रमिकहरूलाई सहयोग गर्दै आईरहेको जानकारी दिए । ‘आगमी दिनहरूमा पनि मञ्च सहयोग कार्य गर्न तत्पर छ’, कुमालले भने, ‘खासगरी पीडितहरूको उद्धारमा अति आवश्यक देखिएको खाने, बस्नेको प्रबन्ध मिलाउनु नै हो ।’ यहि आवश्यकतालाई मध्य नजर गर्दै जिफण्ड, पिएनसीसीलगायतका संस्थाहरूसँग सहकार्य गर्दै मञ्चले सेल्टर हाउसस्थापना गर्ने घोषणा गरेको हो ।

मलेसियामा स्थापित विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरू उपस्थित कार्यक्रममा सेल्टर हाउस स्थापना गर्ने मञ्चको घोषणालाई स्वागत गर्दै  कार्यक्रमका विशेष अतिथि एवं मलेसियाका लागि नव नियुक्त राजदूत डा. नेत्र प्रसाद तिमल्सिनाले दूतवासले गर्ने सेवा प्रवाहको सन्दर्भमा सिमित मानव संसाधनबाट असिमित सेवा प्रवाह गर्नु पर्ने बाध्यता रहेको र पर्याप्त जनशक्ति नहुदा अत्याधिक दवावमा कार्यसम्पन्न गर्नु परिरहेको अवस्थामा दूतवास रहेको उल्लेख गरे । 

यद्यपि सेवा प्रवाहमा कमी कमजोरी गर्ने छुट दुतवासलाई नभएको र सेवा प्रवाहको सवालमा दूतवास कोहि कसैसँग सम्झौता नगरी सदैव निस्वार्थ रुपमा कार्य सम्पादन गर्न प्रतिवद्ध हुने प्रतिवद्धता व्यक्त गर्दै राजदूत डा. तिमल्सिनाले भने, ‘त्यसको लागि मलेसियामा जे जति नेपाली संघ-संस्थाहरू छन् राजदूतावास सबैसँग सहकार्य र हातेमालो गर्न तत्पर रहने छ ।’

सम्बन्धित खबर