२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

एसईईमा उत्कृष्ट अंक ल्याउने छात्र तामाङलाई वडाद्वारा सम्मान 

himalayanlife
अन्जान गुभाजु
२०८१ माघ ११ गते १०:४४
Shares
एसईईमा उत्कृष्ट अंक ल्याउने छात्र तामाङलाई वडाद्वारा सम्मान 

नुवाकोट : नुवाकोटको विदुर नगरपालिका–१३ स्थित श्री अजिङरे माविबाट सफलतापूर्वक एसईई परीक्षा उत्तीर्ण गर्दै उत्कृष्ट अंक प्राप्त गर्ने छात्र छितिज तामाङलाई सम्मान गरिएको छ ।

विद्यालयको ४२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा विदुर–१३ का वडाध्यक्ष भरत तामाङले छात्र तामाङलाई नगद ५० हजार रुपैयाँको पुरस्कार प्रदान गरे। उक्त रकम बागमती प्रदेशका मुख्यमन्त्री श्री बहादुर सिंह लामाले कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भई हस्तान्तरण गरेका हुन् ।

गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक (ए+) ल्याउन सफल तामाङलाई शिक्षक श्री कृष्ण थापाको पहलमा  शिक्षक तथा विद्यार्थीहरूले संयुक्त रूपमा संकलन गरेको २२ हजार रुपैयाँ पनि प्रोत्साहन स्वरूप प्रदान गरिएको थियो ।

वडाध्यक्ष तामाङले वडाको एक मात्र सामुदायिक माविबाट उत्कृष्ट नतिजा हासिल गर्ने छात्रलाई सम्मान गर्दै भने, "सामुदायिक विद्यालयको स्तर उकास्न वडा प्रतिबद्ध छ। छितिजको सफलताले हामी सबैलाई प्रेरित गरेको छ ।"

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र बिक्रम ठकुरी, उपप्रमुख दल ब तामाङ, विदुर नगरपालिकाका प्रमुख श्री राजन श्रेष्ठ, उपप्रमुख श्रीमती प्रभा बोगटी, तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री राजकुमार अधिकारीलगायतको उपस्थिति रहेको थियो । अभिभावकहरूको बाक्लो उपस्थिति र विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई झनै रमणीय बनाएको थियो ।

सम्बन्धित खबर